Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

किसान रुवाउने उर्जामन्त्री खड्काको लाजमर्दो जवाफ

किसान रुवाउने उर्जामन्त्री खड्काको लाजमर्दो जवाफ

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे ।

उनले भने–‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको हो ।’

त्यसअघि आजै नेपाल विद्युत प्राधिकरणले सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै मनसुन सुरु नभएसम्म सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

तराईका जिल्लाहरुमा सुख्खा खडेकीका कारण रोपाइ गर्न पानी नभएपछि मोटर तानेर सिँचाइ गरिरहेकाले यस्तो सूचना जारी गरेको प्राधिकरणले जनाएको छ ।

यस वर्ष लामो सयमदेखि तराईका जिल्लाहरुमा सुख्खा खडेरीका कारण अत्याधिक गर्मी बढ्न गई वितरण लाइनको संरचनाहरु ओभरलोडमा संचालन भई न्युन भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

[insert page='358114' display='yopanipadhnuhos.php']

साथै बढी विद्युत खपत गर्ने उपकरणहरु कम मात्रामा चलाई विद्युत व्यवस्थापनमा सहयोग गपरदिन अनुरोध समेत गरेको छ ।

यसअघि शनिबार साँझ प्राधिकरणको चनौली वितरण केन्द्रले आज दिनभर चितवनमा बत्ति जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङ भएको भन्दै आलोचना भएको थियो ।

चितवनमा हिजो दैनिक ३–३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।

प्राधिकरणले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली,विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।

तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

विद्युत लोड व्यवस्थापनमा आएको समस्या बुधबारसम्म हल हुने जनाएको छ विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म वैकल्पिक व्यवस्थापन गरेर चनौली वितरण केन्द्रमा देखिएको विद्युतको अधिक भारको व्यवस्थापन गरिने समेत बताएका थिए ।

यस्तो थियो लोडसेडिङ तालिका

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

तर, उर्जामन्त्री खड्काले भने उक्त सूचनलाई खण्डन गरेका हुन् । अझै पनि उनी नलजाइ पानी तान्ने पम्प नचलाउन भनिएको बताइरहेका छन् । किसानहरुले पानी तान्ने पम्प चलाउन नपाए कसरी रोपाई गर्ने र रोपाई गरको खेतमा पानी लगाउने ? उर्जामन्त्री खड्का ज्यू रातीको ९ बजे मेसिन चलाएर कसरी रोपाई हुन्छ ?

यो वर्ष वर्षा कम हुँदा तराइका अधिकांश खेतियोग्य जमिन बाँझै छन् । रोपाई गरिएका खेतहरुमा समेत धाँजा फाटेका छन् । यस्तो बेला सरकारले किसानहरुलाई रोपाईं गर्ने र धान रोपिएको खेतमा केही मात्रमा भए पनि पानी लगाउने व्यवस्था गर्नुपर्नेमा उल्दै प्राधिकरणले मोटर नचलाउन भनेपछि किसानहरु झन चिन्तित बनेका छन् ।

[insert page='358343' display='yopanipadhnuhos.php']

चितवन गुञ्जननगरका एक किसान प्रश्नमाथि प्रश्न गर्दै भन्छन्–‘रातीको ९ बजे पछि मोटर चलाएर के गर्नु ? मध्य रातमा पानी तानेर रोपाई गर्न सकिन्छ ? सरकार पनि अचम्मको निर्णय गर्छ । किसानलाई राहत दिनु त कता हो कता ? उल्टै झन समस्यामा पर्नेगरीको सूचना निकालिएको छ त ।’

‘यस्तो बेला उर्जामन्त्री खड्का पनि अझै लाजै नमानि पानी तान्ने पम्प नचलाउन भनिएको बताउँछन् । सरकारले सिंचाइको व्यवस्था त गर्न सकेको छैन नै आफैले बोरिङ खनेर राखेको मेसिन चलाएर रोपाई गर्न समेत नदिने कस्तो सरकार हो यो ?’ ती किसान थप भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077