Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

तीन प्रदेशका चार मुख्य सडक पूर्णरुपमा अवरुद्ध

तीन प्रदेशका चार मुख्य सडक पूर्णरुपमा अवरुद्ध

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

कर्णाली प्रदेशका कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो ।

यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण संखुवासभाको भोटखैला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

बाढी आएपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात पूर्णरुपमा अवरुद्भ भएको प्रहरीले जनाएको छ ।

बिहान साढे १० बजेसम्म गरिएको अद्यावधिक तथ्यांक अनुसार काठमाडौंको टोखा–२ स्थित काठमाडौं–नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा परिवर्तन गाउँपालिका–५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फीमात्रै सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077