Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

डीडीसीले गत मङ्सिरदेखि संकलन गरेको दूधको भुक्तानी दिएन

डीडीसीले गत मङ्सिरदेखि संकलन गरेको दूधको भुक्तानी दिएन

शनिवार , श्रावण १०, २०८२

कञ्चनपुर । दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ ।

संस्थानले गत मंसिरदेखि संकलन भएको दूधको भुक्तानी गर्न नसकेको हो ।

संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिए ।

“हामीले डीडीसीबाट मंसिरयताको ६० लाख रकम पाउनुपर्ने बाँकी छ,” उनले भने, “डीडीसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौँ ।”

डीडीसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको ६ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।

“कात्तिकदेखि चैतसम्म बढी दूध संकलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो,” उनले भने, “बाँकी रहेको ६ करोड छिट्टै भुक्तानी हुन्छ । तीन करोड ३७ लाख गत महिनामा भुक्तानी गरिसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077