Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

शुक्लाफाँटा निकुञ्ज घुम्ने पर्यटकको संख्या घट्यो

शुक्लाफाँटा निकुञ्ज घुम्ने पर्यटकको संख्या घट्यो

शनिवार , श्रावण १०, २०८२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो।

आर्थिक वर्ष २०८०/८१ मा चार हजार ५७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। जसमा चार हजार २९४ जना नेपाली, १३७ जना सार्क मुलुकका तथा १४३ विदेशीले निकुञ्ज भ्रमण गरेका थिए।

यो तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार ७२२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए।

जसमा तीन हजार ३७१ नेपाली, सार्क मुलुकका १९९ जना र १५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए।

आर्थिक वर्ष २०७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077