Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

इरानको जेलबाट छुटेका ५ नेपाली नेपाल आइपुगे

इरानको जेलबाट छुटेका ५ नेपाली नेपाल आइपुगे

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले आज दिएको जानकारी अनुसार इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो।

तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी पनि मन्त्रालयले दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077