Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्ब लागतमा बन्ने देवदह गुरुयोजना सार्वजनिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्ब लागतमा बन्ने देवदह गुरुयोजना सार्वजनिक

शुक्रवार , श्रावण ९, २०८२

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक भएको छ । शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री विष्णु पौडेलले देवदहमा झन्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना सार्वजनिक गरेका हुन् ।

विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झन्डै ९२ विघा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौँ सभा बैठकले स्वीकृत गरेको थियो ।

विश्वविद्यालयले रूपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा १०० जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको छ । विश्वविद्यालयमा हाल करिब २०० विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077