Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिरहामा भाइको खुकुरी प्रहारबाट दाईको गयो ज्यान

सिरहामा भाइको खुकुरी प्रहारबाट दाईको गयो ज्यान

शुक्रवार , श्रावण ९, २०८२

सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाँमा बिहीबार भाइको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ ।

२५ वर्षीय भाई श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्नै ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।

छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद शाहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077