काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माण गर्न भन्दै छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न संघीय स्वास्थ्य मन्त्रालयलाई असभ्य भाषामा पत्र पठाएका छन् ।
बुधबार उनले कुलंगार शव्द प्रयोग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका हुन् । उक्त पत्रको भाषा शैली अनौपचारिक र मर्यादाहीन रहेको भन्दै आलोचना भइरहेको छ ।
पत्रमा साम्पाङले लेखेका छन्, “छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन, यसरी नगरपालिकाको जग्गा लैजान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।”
उक्त पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत गरिएको छ ।