Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मदन पुरस्कारका लागि सात पुस्तक छानिए

मदन पुरस्कारका लागि सात पुस्तक छानिए

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ को पुरस्कार लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ।

गुठीले मंगलबार पुस्तकहरूको सूची सार्वजनिक गरेको हो।

सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्।

गुठीका अनुसार सातमध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउनेछ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो।

मदन पुरस्कार स्थापना हुने घोषणा सवर्प्रथम २०१२ असोज १० गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077