Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कार्यान्वयनमा आयो

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कार्यान्वयनमा आयो

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ कायम गरेको छ ।

सरकारले नयाँ निर्धारण गरिएको पारिश्रमिक राजपत्रमा प्रकाशित गरेको छ। श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था अनुसार परिमार्जन भएको हो।

रोजगारदाता, श्रमिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको सहमति अनुसार न्यूनतम ज्याला निर्धारण भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले न्यूनतम ज्याला तोकेर मात्रै नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार ढंगले लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077