काठमाडौं । पहिरोले पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ ।
निरन्तरको वर्षापछि गएको पहिरोले रसुवा गोसाइकुण्ड गाउँपालिका–५ क्लब डाँडा स्याफ्रुस्थित सडकखण्ड अवरुद्ध भएको हो ।
आज बिहान ६ बजे वर्षाका कारण सडक मुनिबाट पहिरो जाँदा बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।