Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मुख्यसचिवले भने–कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ

मुख्यसचिवले भने–कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियडमा गडबडी भएको हो भने त्यसको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन्

निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

विधेयक सच्याउन कर्मचारीको कुनै भूमिका नहुने दावी गर्दै उनले भने–‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन यसको सम्पूर्ण जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्छ।’

कुलिङ अफ पिरियडमा बदनियत राखेर कसैले काम गरेको भन्दा पनि मानवीय त्रुटि भएको हुन सक्ने उनले बताए।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयक पारित हुँदा गडबडी भएको भन्दै संसदीय छानबिन समिति गठन भएको छ।

यसक्रममा मुख्यसचिव अर्यालले गडबडी सम्बन्धमा कुनै जानकारी नभएको बताए । आफूलाई उक्त यो प्रक्रिया (निजामती विधेयकको प्रतिवेदन तयार पार्ने प्रक्रिया)मा राम्रोसँग सामेल नगरिएको पनि उनले बताए ।

संसदीय समितिले प्रतिवेदन सार्वजनिक नगर्दासम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिवलाई नदिएकोप्रति उनको गुनासो थियो ।

राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेको गुनासो गरेका मुख्यसचिव अर्यालले भने–‘कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास गरेनन् । ३४ वर्ष भयो मैले काम गरेको । अब म घर जाँदा अयोग्य भएर जाने ?’ आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077