Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मध्यराती मेलम्ची खानेपानीमा मन्त्री यादवको छड्के अनुगमन

मध्यराती मेलम्ची खानेपानीमा मन्त्री यादवको छड्के अनुगमन

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आइतबार राति अनुगमनमा निस्किएका छन् ।

आइतबार मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुंडालदेवी, विशालनगर, वंशीधर मार्ग र सुवर्णशमशेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याइएको स्थलहरूमा छड्के अनुगमन गरेका छन् ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिछ्याइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिए।

बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन (३१५ मिमि/२८० मिमि (एचडिईपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिंग (एचडिडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077