काठमाडौं । नेपाल प्रेस युनियनको १० औं केन्द्रीय महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रेस युनियनको विधान समयानुकूल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
बैठकपछि अध्यक्ष लम्सालले विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम केसी संयोजकत्वमा उपाध्यक्षहरु सलोजा दाहाल, जीवन भण्डारी, डा. मुरारी अधिकारी, अनिल कुमार कर्ण, उपमहासचिव युवराज गौतम रहेको उपसमिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
यसैगरी, बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।