Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिद्धार्थ राजमार्गमा राती सवारी साधन चलाउन रोक

सिद्धार्थ राजमार्गमा राती सवारी साधन चलाउन रोक

आइतवार , श्रावण ४, २०८२

कास्की । सिद्धार्थ राजमार्गमा रातीमा सवारी साधन चलाउन रोक लागेको छ ।

अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले पोखराको छोरेपाटनबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्गमा रातको समयमा सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय कास्कीले रोक लगाएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही समय गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी तथा मध्यम वर्षा हुनसक्ने अनुमान रहेकाले सुरक्षा सतर्कता अपनाई मानवीय तथा भौतिक क्षेत्री न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जासँगको समन्वयमा सूचना जारी गरिएको कास्की प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सो रुटमा आकस्मिक सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

बैठकले सो रुटमा लामा सवारी साधनका लागि अपराह्न ४ बजेपछि र साना सवारी साधनका लागि अपराह्न ५ बजेपछि सञ्चालनमा रोक लगाएको उनले बताइन् । यद्वपी अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077