Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

आइतवार , श्रावण ४, २०८२

काठमाडौं। पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

रौतहटको कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए ।

त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए ।

तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरीले जनाएको छ ।

प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए । प्रहरीका अनुसार पत्रकार प्रजापति केहीदिनयता पारिवारिक तनावमा थिए ।

जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए ।

पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077