Online Nepal
  • शनिबार, ७ असार २०८२
  • मेयर नेपालीलाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    मेयर नेपालीलाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 633
    SHARES

    कास्की । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश कृष्णजंग शाहको इजलासबाट जारी आदेश अनुसार धरौटी माग गरिए पनि मेयर नेपालीले हालसम्म धरौटी बुझाएका छैनन् ।



    धरौटी नबुझाएपछि अदालतले उनलाई नियम अनुसार थुनामा राख्न आदेश दिँदै सम्बन्धित निकायमा पत्र पठाएको छ ।

    हाल नेपाली बागलुङ कारागारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा राख्न आदेश दिएको थियो ।

    उनीविरुद्ध कास्की अदालतमा पनि इमेज सहकारी ठगी प्रकरणमा मुद्दा चलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार