Online Nepal
  • शनिबार, ७ असार २०८२
  • संविधान निर्माणको १० वर्ष पुग्यो, अब समीक्षा गरी संशोधन गर्नुपर्छ : प्रचण्ड

    संविधान निर्माणको १० वर्ष पुग्यो, अब समीक्षा गरी संशोधन गर्नुपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 333
    SHARES

    बागलुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको समीक्षा गर्ने वेला आएको टिप्पणी गरेका छन् ।

    मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान कार्यक्रमअन्तर्गत बागलुङको गलकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले संविधान निर्माणको १० वर्ष पुगेकाले अब समीक्षा गरी संशोधन प्रक्रिया थालनी गर्नुपर्ने बताए । जनताको केही अधिकार संविधान निर्माणका क्रममा छुटेका र ती अधिकार थप्नका लागि सुझावका आधारमा संशोधन अगाडि बढाउनुपर्ने उनले बताए ।

    देशमा नयाँ आर्थिक र सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउँदै प्रचण्डले माओवादी केन्द्र जारी अभियानमा तराईदेखि पहाडसम्मका जनतालाई अपिल गरेर हिँडेका बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार