काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको सेटिङमा गृह मन्त्रालयका अधिकारीहरूसँग तानिने सम्भावना देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईमाथि विस्तृत अनुसन्धान थालेपछि उनीहरु त्रसित बनेका छन्।
किनकी भट्टराईले गृहमन्त्री रमेश लेखकको सचिवालयकै आडमा यस्तो लुट धन्दा चलाएका थिए। स्रोतका अनुसार साप्ताहिक रुपमा उनले गृहमन्त्रीको सचिवालयमा पैसा बुझाउँदै आएका थिए।
मन्त्री लेखकका निजी सचिव बद्री तिवारी तथा स्वकिय सचिव जनक भट्टमार्फत अध्यागमनको सेटिङ चलेको थियो।
उपसचिव तिवारी लेखक मन्त्री हुँदा सधैंभरी उनको सचिवालयमा बस्दै आएका छन्। आर्थिक कारोबारमा विश्वास जितेकाले नै लेखकले उनलाई रोज्दै आएका छन्।
पर्वत घर भएका उनी जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा प्रशासकीय अधिृकत भएर बसेका थिए। त्यही बेला उनको लेखकसँग दोस्ती भएको हो। अहिले मन्त्रालय उनलै चलाउने गरेको कर्मचारी बताउँछन् ।
त्यस्तै, नेविसंघका नेता जनक भट्टलाई मन्त्री लेखकले स्वकिय बनाएका छन्। प्रहरीका सरुवा–बढुवामा आर्थिक चलखेल गरेकोमा उनी बदनाम छन् । अध्यागमनमा पनि कर्मचारी सरुवामा उनले नै सेटिङ मिलाउँदै आएको स्रोत बताउँछ ।
त्यस्तै, विगतमा अध्यागमनमा हुँदा प्रहरीले मुद्दा चलाएका विमल पौडेल समेत अहिले मन्त्री लेखकको सचिवालयमा छन्। गत वर्ष प्रहरीले उनीसहित आठ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो ।
पछि सफाइ पाएका थिए। सफाईपछि उनी गृहमन्त्रीको रोजाईमा परेका हुन्। अध्यागमनमा हुने सेटिङको सबै विवरण पौडेललाई थाहा हुने भएकाले पनि उनले सचिवालयमा बसेर असुली धन्दा चलाएका हुन्।
त्यस्तै, कर्मचारी प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझा अध्यागमनमा सेटिङ मिलाउने अर्का कर्मचारी हुन् । उनीहरुले अध्यागमनबाट महिनामै दुई करोड रुपैयाँसम्म लिने गरेको स्रोत बताउँछ ।
Leave a Reply