Online Nepal
  • शनिबार, ७ असार २०८२
  • दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, आईएसआईको स्लीपर सेल भएको आरोप

    दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, आईएसआईको स्लीपर सेल भएको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 387
    SHARES

    काठमाडौं । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा भारतको राजधानी दिल्लीमा एक जना नेपाली पक्राउ परेका छन् ।

    भारतीय सञ्चारमाध्यम आउटलुक इन्डियाका अनुसार, दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्ने गरी) विरुद्ध चलाएको अपरेशनका क्रममा दुई जना पक्राउ परेका थिए ।



    तीमध्ये एक जना नेपाली नागरिक अन्सरुल मियान अन्सारी भएको समाचारमा उल्लेख गरिएको छ ।

    सन् २०२५ को सुरुवातदेखि चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ गरेको समाचारमा जनाइएको छ ।

    दिल्ली पुलिसले हालै अदालतमा अभियोग पत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

    भारतीय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेश्नल (एएनआई) ले आईएसआईका तर्फबाट उनी दिल्ली आएको दाबी गरेको छ । समाचारमा भनिएको छ–‘उनी पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए । नेपाली र अर्का एक गरी दुवै जना अहिले तिहाड जेलमा छन् ।’

    एअनआईले उल्लेख गरेअनुसार, अन्सारी कतारमा रहँदा ट्याक्सी चालक थिए । त्यहाँ उनले आईएसआईको ह्याण्डलरलाई भेटेको र पछि पाकिस्तानमा गएर तालिम लिएको समाचारमा दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार