Online Nepal
  • शनिबार, ७ असार २०८२
  • कृषि फर्ममा गाँजाको कारोबार, तीनजना समातिए

    कृषि फर्ममा गाँजाको कारोबार, तीनजना समातिए

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०८२
  • 213
    SHARES

    सिरहा । सिरहाबाट लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नरहा गाउँपालिका-१ का ३५ वर्षीय संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका-४ घर भई संजय दासको गाडी चालक २० वर्षीय धिरज महतो छन् ।



    आइतबार नरहा गाउँपालिका-१ देवीपुरबाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका संजयले देवीपुरमा सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट ३१ किलो ८ सय २० ग्राम गाँजा बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट ४ थान मोबाइल र गाँजाको बोरा सिलाउने मेसिन पनि प्रहरीले बरामद गरेको छ । सिरहा जिल्ला अदालतबाट म्याद लिई यस विषयमा विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार