Online Nepal
  • शनिबार, ७ असार २०८२
  • घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

    घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०८२
  • 297
    SHARES

    तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–३, सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको मृत्यु भएको हो ।



    ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ वर्षीया खिमसरा मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

    उनीहरू बिहान करिब ७ बजे घाँस काट्न गएका थिए । तर, फर्किएनन् । नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी १०० मिटर तल उनीहरूको शव भेटिएको थियो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार