एजेन्सी । अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा आँधी आएको थियो ।
जसमा अमेरिकी राज्य केन्टकीमा १४ जना र मिसौरीमा सात जनाको मृत्यु भएको हो । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले पाँच हजारभन्दा बढी भवनमा क्षति पुर्याएको बताएका छन् । घरका छाना उडेका छन् र विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरपरिवार प्रभावित भएका छन् ।
Leave a Reply