एजेन्सी । इरानको सर्वोच्च अदालतले तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अल्लाहको निन्दा गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
उनी पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए ।
Leave a Reply