Online Nepal
  • शनिबार, ७ असार २०८२
  • प्रधानमन्त्री ओली र कोप-२९ का अध्यक्षबीच शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री ओली र कोप-२९ का अध्यक्षबीच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०८२
  • 360
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजानको राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शिष्टाचार भेट गरेका छन् ।

    उनीहरुबीच शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।



    भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए ।

    उनले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास अगाडि बढाउनुपर्ने बताए ।

    सगरमाथा संवादका लागि नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पुर्‍याउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार