Online Nepal
  • शनिबार, ७ असार २०८२
  • युवकले गरे दुई महिलामाथि खुकुरी प्रहार

    युवकले गरे दुई महिलामाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०८२
  • 549
    SHARES

    बैतडी । स्थानीय युवकद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई महिला घाइते भएका छन् ।

    पुर्चौंडी नगरपालिका–६, रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार (जेठ ३) बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए । धनवीरले दुवैजनालाई खुकुरी प्रहार गरी घाइते बनाएका उनले बताए ।



    घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ । दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ ।

    घाइते दुवैजनालाई उपचारनिम्ति डडेलधुरा अस्पताल पठाइएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनका अनुसार, बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार