काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बत्ती झ्यापझ्याप जान थालेपछि सरकारप्रति व्यङ्ग्य गरेका छन् ।
उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले हेप्ने सरकारलाई भन्दै व्यंग्य गरेका हुन् । उनले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताए ।
उनले फेसबूकमा लेखेका छन्, ‘देशनै डुबाउदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ । हेप्ने सरकारलाई ?’
हिजो देखि बत्ती जाने र आउने समस्या रहेको छ । जसकारण सर्वत्र सरकारको आलोचना भइरहेको छ ।
Leave a Reply