एजेन्सी । रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति भएको छ ।
टर्कीको इस्तानबुलमा दुई पक्षबीच भएको वार्तामा सो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।
शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे ।
मेन्डिन्स्कीका अनुसार, प्रत्येक पक्षले सम्भावित भविष्यमा युद्धविरामबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सहमति भएको छ ।
Leave a Reply