Online Nepal
  • शनिबार, ७ असार २०८२
  • लाइसेन्सको सेटिङमा दुई प्रदेश सांसद अख्तियारको छानविनमा

    लाइसेन्सको सेटिङमा दुई प्रदेश सांसद अख्तियारको छानविनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०८२
  • 24.5K
    SHARES

    काठमाडौं । लुम्बिनीका यातायात कार्यालयमा हुने लाइसेन्सको सेटिङमा दुई प्रदेश सांसद समेत छानविनमा तानिएका छन् ।

    पक्राउ परेका कर्मचारीसँग शंकास्पद आर्थिक कारोबार गर्ने दुई प्रदेश सांसदमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएको छ ।



    एमालेका सांसद रत्न खत्री र जसपा सांसद अम्बिका काफ्ले छानविनमा तानिएका हुन् । अख्तियारले यातायात कार्यालयका चार कर्मचारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    जसक्रममा दुई सांसदले उनीहरुलाई लाइसेन्स निकाल्न सिफारिस गर्नुका साथै पैसा लेनदेन समेत गरेको छानविनमा खुलेको छ ।

    अख्तियारले गत १९ चैतमा यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोपाइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको हो ।

    उनीहरुको मोबाइलमाथि प्राविधिक अनुसन्धान गर्दा यसमा संलग्न गिरोह पत्ता लागेको हो । जसक्रममा नेताहरुको समेत लेनदेन देखिएको छ ।

    अख्तियारले हाल थप प्रमाण जुटाउने काम गरिरहेको छ । धेरै प्रमाण नासु मुकुन्द केसीको दोस्रो मोबाइलमा भए पनि उनले त्यसको लक खोल्न नमान्दा अनुसन्धानमा समस्या भएको स्रोत बताउँछ । सोही मोबाइलमा उनको लेनदेनको कारोबार रहेको स्रोत बताउँछ ।

    सो यातायात कार्यालयमा दिनमै १० लाख रुपैयाँसम्म घुसको लेनदेन हुने गरेको थियो । उक्त रकम पैसा मन्त्रालयसम्म पुग्ने गरेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार