Online Nepal
  • शनिबार, ७ असार २०८२
  • म राजनीतिक मान्छे हुँ, राज्यविरुद्ध अपराध गरेको छैन : रवीन्द्र मिश्र

    म राजनीतिक मान्छे हुँ, राज्यविरुद्ध अपराध गरेको छैन : रवीन्द्र मिश्र

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०८२
  • 405
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले संगठित र राज्यविरुद्धको अपराध नगरेको स्पष्ट पारेका छन् ।

    सर्वोच्च अदालतको आदेशपछि हाजिरी जमानतमा हिरासतमुक्त भएका मिश्रले सो बारे स्पष्ट पारेका हुन् ।



    उनले राज्यले आरोप लगाएजस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको बताए । आफू राजनीतिक मान्छे भएकाले राजसंस्था पुनर्स्थापनाका निम्ति काम गरेको उनको दाबी छ ।

    “म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन,” उनले भने ।

    गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार