Online Nepal
  • शनिबार, ७ असार २०८२
  • हावाहुरीको वितण्डा : रुखले च्यापिएर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

    हावाहुरीको वितण्डा : रुखले च्यापिएर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०८२
  • 1.1K
    SHARES

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

    दिउँसो साढे ४ बजे हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतीक्षालयमा ओत लागिरहेका उनीहरूलाई रूख ढलेर च्यापेको हो ।



    कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन्।

    गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन्। उनीहरू सबै सुनवल नगरपालिका–७ ज्यामिरेका हुन् ।

    गम्भीर अवस्थामा रहेका घाइते सबैको देवदह मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार