Online Nepal
  • शनिबार, ७ असार २०८२
  • अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको हो : डोनाल्ड ट्रम्प

    अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको हो : डोनाल्ड ट्रम्प

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 471
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘व्यापार रोक्छु’ भनेपछि भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।

    उनले भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले भूमिका खेलेको बताए । ट्रम्पले आफूहरूका कारण दुई दक्षिण एसियाली मुलुकबीचको संघर्ष अन्त्य भएको समेत दाबी गरे ।



    उनले भने, ‘हामीले भन्यौँ हामीले धेरै सहयोग गर्‍यौँ । हामीले तपाईंहरूसँग धेरे कारोबार गर्छौँ । यदि तपाईंहरू संघर्ष रोक्नुभयो भने निरन्तरता दिन्छौँ, नत्र हामी तपाईंहरूसँग व्यापार गर्दैनौँ ।’

    उनले भारतसँग व्यापार वार्ता गरिरहेको र पाकिस्तानसँग पनि छिट्टै वार्ता गर्ने पनि जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार