काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको ‘ब्लाकमेल’विरुद्ध निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफूहरूलाई ‘न्युक्लियर ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका हुन् ।
उनले भारतलाई कुनै पनि न्युक्लियर ब्लाकमेल सह्य नहुने चेतावनी दिए । उनले सम्बोधनका क्रममा भने, ‘भारत कुनै पनि न्युक्लियर ब्लाकमेल सहने छैन। न्युक्लियर ब्लाकमेलबाट पलाएको आतंकलाई भारतले सटिक र निर्णायक प्रहार गर्नेछ ।’
साथै आतंकवादलाई कुनै कुरासँग पनि दाँजेर भारतले नहेर्ने उनले स्पष्ट पारे । प्रधानमन्त्री मोदीले २१औं शताब्दीमा भारतीय हतियार सक्षम रहेको प्रमाणित भएको पनि दाबी गरे ।
Leave a Reply