काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले अपरेसन सिन्दुरलाई अहिले स्थगित मात्र गरेका छौं । पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं ।’
यस्तै उनले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको दाबी गरे ।
पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको उनको भनाइ छ । उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताए ।
Leave a Reply