वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका निर्वाचनमा अरुका बैशाखी नटेक्ने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताए ।
‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं। विगतका निर्वाचनमा हामीले कांग्रेस-एमालेसँग गठबन्धन गर्दा इमान्दारिता देखायौं। तर, उनीहरूले बेइमानी गरे,’ उनले भने ।
माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनले बताए ।
Leave a Reply