Online Nepal
  • शनिबार, ७ असार २०८२
  • बिहेभोज खाँदा सय बढी बिरामी सिकिस्त !

    बिहेभोज खाँदा सय बढी बिरामी सिकिस्त !

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 408
    SHARES

    धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका –८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो  ।

    जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले खाजामा बाँडिएको बुनिया, रसबरी लगायतका परिकार खाएपछि पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएको बताए ।



    उनका अनुसार आइतबार राति जनकपुर उपमहानगरपालिका –२३, बिन्धीबाट जन्ती ठेरा कचुरी पुगेका थिए । विवाहको स्वयम्बर कार्यक्रम सकिए लगत्तै खाजा वितरण गरिएको थियो ।

    खाजा खाएपछि केहीबेरमै धेरै जनामा स्वास्थ्य समस्या देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।

    जनस्वास्थ्य प्रमुख यादवले खाजाको घटनास्थलबाट खाजाको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार