Online Nepal
  • शनिबार, ७ असार २०८२
  • जलविद्युतको क्षेत्रमा नेपालसँग दरिलो सहकार्य गर्न सकिन्छ : बंगलादेश

    जलविद्युतको क्षेत्रमा नेपालसँग दरिलो सहकार्य गर्न सकिन्छ : बंगलादेश

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 333
    SHARES

    काठमाडौं । बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् ।

    बंगलादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले यस्तो बताएका हुन् । उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए ।



    प्राध्यापक युनुसले भने, “बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।”

    उनले नेपाल र बंगलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे । भेटमा उपसभामुख रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन् ।

    उनले भनिन्, “नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ ।”

    रानाले हाल बंगलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाको प्रशंसा गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार