Online Nepal
  • शनिबार, ७ असार २०८२
  • समय सान्दर्भिक हुलाक सेवा ऐन ड्राफ्ट गरिरहेकाछौँ : मन्त्री गुरुङ

    समय सान्दर्भिक हुलाक सेवा ऐन ड्राफ्ट गरिरहेकाछौँ : मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 366
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको बताएका छन् ।

    हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्‌घाटन गर्दै उनले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    प्रविधिले फड्को मारिरहेको बेलामा हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले यसमा व्यापक परिवर्तन खाँचो रहेको उनको भनाई थियो ।

    उनले भने, ‘हुलाक सेवाको विकास हुन सकेको छैन्, पुरानै तरिकाले चलिरहेको अवस्था छ । अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेकाछौँ ।’

    ऐन बनिसकेपछि सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुने उनले बताए ।

    पुरानो ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार