काठमाडौं । कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
कर्णाली राजमार्गको दैलेखको सिस्ने–साई सडक खण्ड मर्मत गर्नका लागि १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गर्दै सडक निर्माण कार्यका कारण बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहने जनाएको छ ।
वैकल्पिक रुट दिएर सडक बन्द गरेको कार्यालयले जनाएको छ ।
कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ ।
रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साइ निस्कनु पर्नेछ ।
रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साइ निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक बिग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ ।
Leave a Reply