Online Nepal
  • शनिबार, ७ असार २०८२
  • प्रधानमन्त्रीसँगै फरार सांसदको ‘शो’, प्रहरी मूकदर्शक !

    प्रधानमन्त्रीसँगै फरार सांसदको ‘शो’, प्रहरी मूकदर्शक !

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 897
    SHARES

    बुटवल । प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा देखिएका छन् ।

    मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पन्थीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । त्यसयता उनी प्रहरीको फरार सूचीमा रहेका छन् ।



    तर उनी सोमबार बुटवलमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै देखिएका हुन् । पक्राउ आदेश जारी भएपनि पन्थी यसअघि पनि निर्वाधरूपमा प्रदेशसभा बैठकमा सहभागी हुँदै आएका छन् ।

    पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरस्थित पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम तिर्न बाँकी रहेपछि अदालतले उनी र साझेदार देवराज खनालविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

    अदालतको आदेशअनुसार असार १२ गते काठमाडौं प्रहरीले पन्थीलाई पक्राउ गरी उपस्थित गराउन भनिएको थियो। तर, उनी सार्वजनिक रूपमा देखिँदा पनि प्रहरीले नियन्त्रणमा लिएको छैन।

    पन्थी कपिलवस्तुको वाणगंगा नगरपालिका निवासी हुन् र प्रदेशसभा निर्वाचन क्षेत्र १९ (क) बाट एमाले तर्फ निर्वाचित सांसद हुन् ।

    अदालतले ०७७ मंसिर २३ गते पन्थीले तिर्न बाँकी रकम भुक्तानी गर्न आदेश दिएको भए पनि निर्णय कार्यान्वयन नभएपछि ६ महिनाको कैदसहित पक्राउ आदेश जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार