Online Nepal
  • शनिबार, ७ असार २०८२
  • कपडा किनिदिने प्रलोभन देखाएर युवतीलाई भारतमा पुर्‍याएर यौन धन्दामा लगाउने महिला पक्राउ

    कपडा किनिदिने प्रलोभन देखाएर युवतीलाई भारतमा पुर्‍याएर यौन धन्दामा लगाउने महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०८२
  • 612
    SHARES

     

    काठमाडौं । भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।



    पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको खुलेको छ ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन् ।

    त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरीले बताएको छ । ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

    यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार