काठमाडौं । नेपाल भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे ।
समूह ‘बी’बाट भारत र नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेका हुन् । समुह बीमा गोल अन्तरका आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् ।
अब मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
Leave a Reply