Online Nepal
  • शनिबार, ७ असार २०८२
  • उपसभामुख रानाले भनिन् – कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद

    उपसभामुख रानाले भनिन् – कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०८२
  • 474
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद भएको बताएकी छन् ।

    कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको उनले बताईन् ।



    काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले लोकतान्त्रिक व्यवस्थाले कानुन परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन् ।

    नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

    समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको उनले बताईन् ।

    उनले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म र? यो धेरै परिस्कृत भयो भनेको छ कानुनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानुनले विभेद गर्नु लज्जास्पद भयो ।’

    उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताइन् । कुष्ठरोगसम्बन्धि विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार