Online Nepal
  • शनिबार, ७ असार २०८२
  • बीपी स्मृति अस्पतालमा हानिकारक फोहर भेटिएपछि महानगरले तिरायो जरिवाना

    बीपी स्मृति अस्पतालमा हानिकारक फोहर भेटिएपछि महानगरले तिरायो जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०८२
  • 279
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बीपी स्मृति अस्पताललाई ५० हजार जरिवाना तिराएको छ । अस्पतालले हानिकारक फोहर निर्मूलीकरण नगरी सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले जरिवाना गरेको हो ।

    कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले जरिवाना गरिएको महानगरले जनाएको छ ।



    महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए ।

    अनुगमनमा पुग्दा अस्पतालहरूले हानिकारक फोहर व्यवस्थापनमा गरेका लापरवाही तरिकाले राखेको भेटिएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार