काठमाडौं । गभर्नरको पदावधि सकिएको एक महिना बितिसक्दा पनि सरकार गभर्नर नियुक्तिमा उदासीन देखिएको छ ।
गभर्नर नियुक्तिमा कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना बाधक देखिएकी छन् । यद्यपि, यो नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको कुटिल चाल रहेको बुझाइ कांगे्रस वृत्तमा परेको छ ।
प्रधानमन्त्री ओलीको उम्मेदवारका रूपमा रहेकी ढुंगानालाई गभर्नर बनाउने वा कामुलाई नै निरन्तरता दिने पक्षमा एमाले रहेको बुझिएको छ । सोही कारणले ढुंगानालाई निमित्त नबनाईकन कायम मुकायम दिएको र कांगे्रेसले सिफारिस गरेका गुणाकार भट्टको राजीनामा स्वीकृत गर्न नलगाएको आरोप रहेको छ ।
कांग्रेसको सोही बुझाइलाई थेग्न नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेका कारण गभर्नर नियुक्ति नभएको नभई राष्ट्र बैंकको भित्री कारण भएको भनेर बचाउ गर्न खोजेका थिए ।
भट्टको राजीनामा स्वीकृत नगरीकन गभर्नर नियुक्त गरेको खण्डमा कानुनी अड्चन आउने र एमालेले कोही कसैबाट मुद्दा दायर गर्ने रणनीति बुनेको बुझाइ कांग्रेस वृत्तको रहेको छ । राजधानी दैनिकबाट
Leave a Reply