Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • आज नेपाल आउँदै यूएईका परराष्ट्रमन्त्री

    आज नेपाल आउँदै यूएईका परराष्ट्रमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०८२
  • 264
    SHARES

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

    यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान मंगलबार नेपाल आउन लागेका हुन् ।



    उनी चार्टर्ड विमानबाट मंगलबार बेलुका नेपाल आइपुग्नेछन् ।

    नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनले दुई दिने भ्रमण सकाएर बुधबार स्वदेश फर्किनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार