Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०८२
  • 255
    SHARES

    काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

    बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाहीरकार्यप्रगति र आगामी आर्थिक वर्षको बजेट/कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ ।



    यस्तै, दिउँसो १ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल गर्ने तयारी छ ।

    यसैगरी, दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार