रुकुम । रुकुम पश्चिममा मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो ।
आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
Leave a Reply