Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

    यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 222
    SHARES

    काठमाडौं । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



    आधुनिक नेपाली कविताहरुको सृजना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली बाङमय क्षेत्रलाई वैभवशाली र गरिमामय बनाउन दिवसको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

    उक्त पुरस्कारको राशी ७५ हजार छ । विसं १९९८ असारमा धनकुटामा जन्मिएका दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन् ।

    आजको बैठकले आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नपाली बाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने तोया गुरुङलाई रु ५० हजार राशीको मानश्री पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ ।

    विसं २००४ चैतमा सिन्धुपालचोकमा जन्मिएका विशिष्ट साहित्यकार गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरु प्रकाशित छन् ।

    प्रतिष्ठानले विसं २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई उक्त पुरस्कारहरू प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार