Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन, अनि राजीनामा बुझाए : सुमना श्रेष्ठ

    काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन, अनि राजीनामा बुझाए : सुमना श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०८२
  • 543
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमन श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन् ।

    बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सो स्पष्टीकरण दिएकी हुन् । आफू सांसद र केन्द्रीय सदस्यको जिम्मेवारीमा भएको हिसाबले सह महामन्त्रीको पदमा न्यायोचित काम गर्न नसकेको भन्दै सभापतिलाई राजीनामा बुझाएको बताएको बताइन् ।



    उनले पार्टीमा एक व्यक्ति र एक जिम्मेवारी रहनुपर्ने कुराहरू पटकपटक आफूले बैठकहरूमा राख्दै आएको र आफूबाट नै राजीनामाको सुरुवात गरेको समेत स्पष्ट पारेकी छन् ।

    उनले सह महामन्त्री जस्तो जिम्मेवार पद र सांसद पद आफूले एकैपटक सम्हाल्न नसकेको समेत स्पष्ट पारिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार